७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दाई तपाई कहिलै नफर्कने गरी जानु भयो तर तपाईको सपनामा होली खेलिदैँछ



काठमाडौं : सरकार र प्रतिबन्धित विप्लव समूहको बीचमा वार्ता भएपछि करिब २ बर्ष पहिले नेपाल बन्दको पूर्व सन्ध्यामा अनामनगर बम बिष्फोटमा परेर ज्यान गुमाएका विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाहीकी बहिनी कलसाले असन्तुष्‍टि जनाएकी छन् । बुधबार (विप्लव समूहबीच वार्ता चलिरहँदा प्रज्वल शाहीकी बहिनी कलसाले शाहीले जेल परेका नेता कार्यकर्ताहरु जेलबाट फर्कन थालेका छन् । तर दाई तपाई कहिले नफर्कने गरी जानु भयो, तपाईको सपनामा होली खेलिदै छ भनेर सामाजिक सञ्‍जाल फेसबुकमा निक्कै भावुक स्टाटस लेखेकी छन् ।

आज बिहान मात्रै सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् । सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !