१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ हो : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए । सरकार र विप्लव नेकपा बीचमा भएको सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा ओलीले विप्लव र आफूले झण्डै १० वर्ष पहिले नै देशलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल भएको बताए । त्यस्तै धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए । आफूले ८र१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे । त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !