१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

शहीदहरुको सपनालाई छिट्टै चाँडै साकार पार्ने विप्लवको दाबी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शहीदहरुको सपनालाई छिट्टै पूरा गर्ने बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित सहमति हस्ताक्षर कार्यक्रममा बाल्दै विप्लवले शहीदहरुको सपनालाई चाँडै साकार पार्ने बताएका हुन् । उनले भने, शहीदहरुको परिवारलाई यो विश्वास दिलाउन चाहान्छौं कि, हामीले शहीदहरुको सपनालाई पूरा गर्छौं । हाम्रो कार्यकर्ताहरु पनि अब छिट्टै छुट्दै हुनुहुन्छ । त्यस्तै उनले सरकारसँग गरेको तीन बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहने पनि बताए । यसैबीच उनले न्यायपूर्ण, शान्तिपूर्ण समाज निर्माणका लागि आफूहरुले संघर्ष गरेकोसमेत बताए । त्यस्तै उनले शान्तिका दूत विश्वमा कम्युनिस्ट मात्रै भएको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय