१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सेवाग्राहीसँग घुस लिने सबइन्जिनियर पक्राउ



हेटौंडा । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सबइन्जिनियर पक्राउ परेका छन् । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।सवइन्जिनियर लामिछानेले निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो । कार्यालय परिसरबाटै पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !