१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ओलीका चरणमा शरण पर्नु थियो भने बम पड्काएर कार्यकर्ता किन मराएको ?



काठमाडौं : नेत्रविक्रम चन्द विप्लव र सरकारबीच बिहीबार भएको तीन बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर भएपछि लेखक र राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले यस्तो फासफुसे सहमति गरेर ओलीका चरणमा शरण पर्न आउनु थियो भने विप्लवले बम पड्काएर आफ्नै कार्यकर्ता किन मराएको भन्दै प्रश्‍न गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, “ओली राजलाई आफ्ना कार्यकर्ता मार्ने बहाना किन बनाइदिएको रु पहिल्यै ओली सरकारमा जागिर खाको भए वा ठेक्कापट्टा गरी धनार्जनमा लागेको भए भइहाल्थ्यो । अहिले हेर बिजोक संग्रैलाले प्रश्न गरेका छन् । आज मात्रै सरकार र विप्लवको बीचमा भएको सहमतिपत्रमा देशको राजनीतिक समस्याहरु वार्ता र संवादमार्फत समाधान गर्ने, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाले गर्ने, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, जेलमा रहेका कार्यकर्ताको रिहा र मुद्दाहरु खारेज गर्न सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !