८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

डेपुटी गर्भनरको दौडधुप, प्रधानमन्त्री र अर्थमन्त्रीको निवास धाउदै कार्यकारी निर्देशकहरु !



काठमाडौं । नेपाल राष्ट्र बैंकमा अबको डेपुटीका चयनमा चलखेल शुरु भएको छ । गर्भनर पछिका दुई वरिष्ठ अधिकारी डेपुटी गभर्नर उमेर हदका कारण मंगलबारदेखि सेवाबाट अवकाश पाएसँगै चलखेल शुरु भएको हो । नियमक निकायको उच्चपदहरु मध्येका दुई शीर्ष स्थानमा जानका लागि केही समयअघि देखि नै बैंकका कार्यकारी निर्देशकहरुले प्रधानमन्त्री खड्ग ओलीको सरकारी निवासदेखि विष्णु पौडेलकोे निवाससम्म दौडधुप चलाएका छन् ।

उनीहरु जे जसरी भएपनि सो पदमा पुग्ने भन्दै मोटो रकमको समेत सौदाबाजी गरिरहेको श्रोतको भनाई छ । डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबादेखि अवकाश पाएका हुन् । शिवाकोटी आफै गभर्नर हुन खोजेका थिए । झापालीको नाता लगाएर ओलीसँग नजिक बन्न गएका उनलाई ओलीले नराम्ररी डुबाइदिएर महाप्रसाद अधिकारीलाई गभर्नर बनाए । श्रेष्ठलाई भने तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको योजनामा नै आर्थिक अपचलन गरेको आरोपमा कारबाही गरियो । छानबनि समितिबाट क्लिन चीट पाएपछि उनले पनि आफ्नो कार्यकाल पूरा गर्न पाए ।

पाँच वर्षे कार्यकालमा शिवाकोटीले पदको गरिमा र मर्यादा समेत राख्न नसकेको टिप्पणी पनि नआएको होइन । गैरकानूनी काम गरेका बैंक तथा वित्तीय संस्थालाई पैसाको बलमा जोगाएको, वित्तीय अपराध गरेकालाई जोगाएको जस्ता संगीन आरोप समेत शिवाकोटीमाथि लाग्ने गरेको छ । पछिल्लो पटक डेपुटी बन्ने दौडमा लागेकाहरु मध्ये एकाध मात्रै काबिल मान्निछन् । अधिकांश चाकडी मात्रै गर्ने, आफूभन्दा तल्ला कर्मचारीको अपमान गर्ने, व्यवसायीक क्षमता नभएका व्यक्तिहरु मात्रै रहेको जानकारहरुको भनाइ छ । अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको नियुक्ती लिएर काजमा सिंहदरबार छिरेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठलाई डेपुटी गभर्नरका रुपमा स्वीकार गर्नेहरु धेरै रहेको हल्ला चलाइएको छ ।

बाँकी एक डेपुटीका लागि राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशकहरुले जोडबल गरिरहेको बताइन्छ । विशेषगरी देवकुमार ढकाल, निलम ढुंगाना तिम्सिना, डा. गुणाकर भट्ट, बमबहादुर मिश्र, भुवन कँडेल, मुकुन्द कुमार क्षेत्री लगायतले दौडधुप चलाएका छन् । यस्तै, राष्ट्र बैंकमा काँग्रेसी भनेर चिनिएका भट्ट र मिश्रले पनिदौडधुप गरेको भए पनि ओलीले भने देवकुमार ढकाल, निलम ढुंगाना, सुमन कुमार अधिकारीलाई बनाउन खोजेको स्रोतले बताएको छ । जसले मोटो नजराना बुझाउँछ, उसैलाई बनाउछु भन्ने गरेको अर्थमन्त्री विष्णु पौडेलले आफना निटकस्थहरुसँग भन्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !