१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

२४ घण्टामा ३ हजार ५३५ जनाको कोरोना परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ सङ्क्रमित निको भए



काठमाडौं- नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८२८ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ८१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लो केही दिनदेखि कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !