१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अविश्वासको प्रस्ताव सामना गर्ने तर विश्वासको मत नमाग्ने प्रधानमन्त्री ओलीकाे रणनीति



काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ । प्रचण्ड–माधव समूहले पनि संसदीय दलका बहुमत भएको दाबी गरेको छ भने बामदेव गौतमसहित केही सांसद दुवैतिर लागेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नमाग्ने भएका छन् ।

संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उनले बताएका छन् । आफ्नो समूहका सांसदहरुको बैठकमा दलका नेता ओलीले संसदमा अविवासको प्रस्ताव आए सामना गर्ने बताए । आफूसँग बहुमत रहेको भन्दै उनले भनेका छन्, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय