८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

संसद पूनःस्थापना भएको छ, फेरि पनि चुनाव हुनुपर्छ : बास्तोला



काठमाडौं, २२ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताका छन् । उनले भने, जनताको मत लिने गरौं । हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’ सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज काठमाडौंमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनमतसंग्रह के–के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए । त्यस्तै, उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो भन्नेबारे पनि थप प्रष्ट्याएका छन् ।

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । उनले भने, ‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईं चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ । अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’ आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाइ छ । हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ । उहाँहरुले ईमानदारीताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ बास्तोलाले भने । संसद पूनःस्थापना भएको छ । फेरि पनि चुनाव हुनुपर्छ । हामीले प्रतिष्पर्धाको कुरा गरेका छौं । समाजलाई कसरी उन्नत बनाउन सकिने बास्तोलाले बताए । पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने, ‘हामीसँग हतियार छैन् । हामीले हतियारको कुरा गरेको होइन । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’


प्रतिक्रिया दिनुहोस !