१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दार्चुलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाईते



दार्चुला : २२ फागुन । गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक करन नाथ र एक जना बृद्ध बुद्धिपल्लब पन्त रहेको स्थानीय रमेश धामीले जानकारी दिए। गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको हो । जीपमा सवार अरु पाँच जना गम्भीर घाइते रहेको स्थानीय रमेश धामीले बताए । घाइते हुनेमा एक बालक रहेको बताइएको छ । जीप सडकबाट भण्डै दुई सय मिटर तल खसेको र क्षत विक्षत भएको प्रतक्षदर्शीहरुले बताएका छन् । अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय