१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

इङल्यान्डसँगको टेस्ट शृंखला भारतको कब्जामा



काठमाडौं : भारतले घरेलु भूमिमा भएको टेस्ट शृंखला आफ्नो पोल्टामा पारेको छ । चार टेस्टको शृंखला भारतले ३–१ ले जितेको हो । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा चौथो टेस्टमा भारतले तेस्रो दिन इङल्यान्डमाथि इनिङ्ग्स र २५ रनको जित हासिल ग¥यो । तीन दिनसम्म चलेको यस टेस्ट जितेसँगै भारतले आईसिसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ, जहाँ १८ जुनमा उसले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

चौथो टेस्टमा इङल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय ५ रन बनाएको थियो । जवाफमा भारतले ३ सय ६५ रन बनायो । भारतबाट ऋषभ पन्तले १ सय १ र वासिङटन सुन्दरले ९६ रन बनाए । पहिलो इनिङग्स्मै १ सय ६० रनले पछि परेको इङल्यान्डले कमब्याक गर्न सकेन र तेस्रो दिन १ सय ३५ रनमै समेटियो । चौथो टेस्टमा भारतबाट अक्षर पटेलले ९ विकेट (पहिलो इनिंग्समा ४ र दोस्रोमा ५) तथा रविन्द्रन आश्विनले ८ (पहिलोमा ३ र दोस्रोमा ५) विकेट लिए ।

शतक प्रहार गरेका पन्त म्यान अफ दि म्याच घोषित भए । भारतलाई शृंखला जिताउन रोहित शर्मा र ऋषभ पन्त तथा स्पिनर रविचन्द्र आश्विन र अक्षर पटेलको भूमिका महत्वपूर्ण थियो । आश्विन र अक्षरले मिलेर शृंखलामा कुल ५९ विकेट लिए । त्यस्तै, शृंखलाभर रोहितले कुल ३ सय ४५ र पन्तले २ सय ७० रन बनाए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय