१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आइपुग्यो



काठमाडौं । स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्सले नेपाललाई उपलब्ध गराएको पहिलो चरणको कोरोना भाइरसबिरुद्धको खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार खोप आइतबार मध्यान्न आइपुगेको हो । खोप ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी त्रिभुवन विमानस्थल पुग्नु पुगेका छन् । यसअघि नै स्वास्थ्य मन्त्रालयले ३ लाख ४८ हजार डोज खोप आइतबा आइपुग्ने जनाएको थियो । गाभीले नेपाललाई सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभ्याक्स ३० लाख डोज नि शुल्क घोषणा गरेको थियो । यो खोप नेपालका २० प्रतिशत नागरिकलाई पुग्ने मात्रा हो । यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदान स्वरुप दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय