१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेकपाको नाम बारेको मुद्दाको फैसला आज हुँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ । सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफ्नो पार्टीसँग नाम मिल्ने गरी निर्वाचन आयोगले ओली–प्रचण्ड नेतृत्वको पार्टीलाई नाम दिएको भन्दै रिट दायर गर्नु भएको थियो ।

ओली–प्रचण्ड नेतृत्वको नेकपाको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्चले उक्त नामको आधिकारिक हकदार को हो भन्ने विषयमा निर्णय गर्न लागेको हो । रिट निवेदकको तर्फबाट अधिवक्ता रत्नप्रसाद जोशी, वरिष्ठ अधिवक्ता डा।कुमारआचार्य लगायतले बहस गर्नुभएको थियो । यस्तै विपक्षीबाट सरकारी वकील र वरिष्ठ अधिवक्ता मुक्ति प्रधान लगायतले बहस गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय