१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

संसद सचिवालयले दर्ता गर्न मानेन प्रचण्ड/माधव समूहको निर्णय



काठमाडौं । प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका छन् । महासचिवले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरुले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् । महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अञ्जना विशंखेले जानकारी दिइन । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् । त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !