८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

आज करिब १ अर्ब रुपैयाँले घट्यो नेप्सेको कारोबार



काठमाडौं : आज साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५ विन्दुमा झरेको छ । आज कुल कारोबार ५ अर्ब १० लाख रुपैयाँको मात्र भएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबारको तुलनामा आज करिब १ अर्ब रुपैयाँले कारोबार रकम घटेको छ । आज २ सय ११ कम्पनीको शेयर ५३ हजार ९ सय ७० पटक कारोबार भएको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज चन्द्रागिरी, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर विकास कम्पनी, एक्सल विकास बैंक र नेपाल इन्स्योरेन्स बढी कमाउने कम्पनीमा रहेका छन्। नेसनल हाइड्रोपावर कम्पनी, साल्ट टे्रडिङ कर्पोरेसन, बोटलर्स नेपाल, किसान लघुवित्त वित्तीय संस्थाले बढी गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !