१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

क्रुर गौर हत्याकाण्डका पीडितहरुले अझै पाएनन् न्याय



काठमाडौं : फागुन २३ । वि.स. २०६३ साल चैत्रमा भएको गौर हत्याकाण्डका पीडितहरुले न्याय नपाएको भन्दै आफुहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौर हत्याकाण्डका पीडितहरुले आफुहरुले हालसम्म न्याय नपाएको भन्दै आफुहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका हुन् । वि.स. २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने दजनौँको संख्यामा घाइते भएका थिए ।

अनर्राष्ट्रिय समुदाय, सरकार लगायतले घटनाको निरिक्षण गरी उक्त घटना राजनीतिक अभिप्रायले नभई जघन्य अपराध भएको रिर्पोट समेत निस्केको जिकिर गर्दै पीडितहरुले सरकारले दोषी उपर कारबाही नगरेको आरोप लगाएका छन् । दोषी उपर कारबाही गरि मृत्यु हुनेहरुलाई शहिद घोषणा गर्न र न्याय दिलाउन पीडितले माग गरेका छन् । विगतका कुनैपनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै पीडितले दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !