१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रहरी हबल्दार ११ लाख रुपैयाँ घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ । भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो । सोही क्रममा हवल्दार श्रेष्ठ र जोशी दुवैलाई दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय