७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

वेस्ट इन्डिजको कब्जामा सिरिज



काठमाडौं । श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टिम वेस्ट इन्डिजले जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २–१ ले सिरिज आफ्नो बनाएको हो । श्रीलंकाले दिएको १३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । वेस्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे । यस्तै निकोलस पुरणले २३ रनको योगदान गरे । बलिङतर्फ श्रीलंकाका लागि लक्शान शन्दकानले सर्वाधिक ३ विकेट लिए । दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २–२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो । श्रीलंकाका लागि दिनेश चण्डीमालले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै अशेन बन्दराले ४४ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका फाबियने एलन, केभिन, ओबेड म्याकक्वे र जासन होल्डरले एक–एक विकेट लिए । पहिलो सिरिज वेस्ट इन्डिजले ४ विकेटले जित निकालेको थियो । दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस !