१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चर्चित नायीका रेखा थापाले नेकपाका महासचिव विप्लवलाई भेटिन्



काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् ।

यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् । ‘म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसावले ‘विप्लव’सँग भेटेकी हुँ । ‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेटेको रेखाले बताइन् । फिल्म निर्माण र अभिनयमा क्रियाशीलताका अलवा रेखा राप्रपामा पनि आवद्ध छिन् ।


प्रतिक्रिया दिनुहोस !