१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सर्वोच्चले एमाले र माओवादी ब्यूताएपछि पुनरावलोकनमा जाने दाहाल–नेपाल समूहको तयारी



काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गरेपछि दाहाल–नेपाल समूह पुनरावलोकनमा जाने भएको छ । केपी ओली पक्षले सर्वोच्चको फैसला स्वागतयोग्य भन्दै नेकपा एमाले ब्युँताउने तयारीमा जुट्दा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष भने फैसलाको पुनरावलोकन माग्न अदालत जाने निष्कर्षमा पुगेको हो ।

खासगरी सर्वोच्चको फैसलाले पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँतदा माधव नेपाल पक्षलाई ठूलो असर पर्ने देखिएको छ । एमालेका नेता नेपाल, नेकपा बनेपछि दाहालसँगको समीकरणमा रहेका छन् । यसले माधव नेपाल पक्षको राजनीतिक भविष्य के हुने भन्ने प्रश्न जटिल बनेको छ । यस्तोमा कानुन व्यवसायीहरुसँगको परामर्शपछि फैसला पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको हो । जसलाई आज बस्ने स्थायी कमिटी बैठकबाट निर्णय लिनसक्ने बताइएको छ । आइतबारको फैसलाले हाल ओली पक्षमा रहेका पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरुको राजनीतिक हैसियत पनि के हुन्छ भन्ने प्रश्न उठेको छ ।


प्रतिक्रिया दिनुहोस !