७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मुख्यसचिव र आइजीपी बन्ने हैसियतका महिलालाई दासी बनाउन श्रीमती संघ खोलियो : भुसाल



काठमाडौं, प्रचण्ड नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले निजामती कर्मचारीतर्फ मुख्यसचिव तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलालाई दासी बनाउनका लागि ‘श्रीमती संघ’ खोलेको आरोप लगाएकी छन् । सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ भुसालले विभिन्न सुरक्षा निकायमा रहेका ‘श्रीमती संघ’हरू दासीहरुका संगठन रहेको आरोप लगाएकी हुन् ।

उनका अनुसार यस्ता संघ संस्थाबाट महिलाको अधिकार प्राप्त हुँदैन । श्रीमती संघहरुले महारानीको खोल ओढेर दासी बनाउने संस्कार सुरु गरिएको भन्दै त्यसविरुद्ध उनी कडा रुपमा प्रस्तुत भइन् । प्रधानमन्त्रीको श्रीमतीलाई प्रथम महिला (फस्र्ट लेडी) भन्नु पनि गणतन्त्रको उपहास रहेको बताएकी छन् । नेतृ भुसालले यस्तो कार्य राजा महाराजाको पालमा हुने गरेको र अहिले गणतन्त्रमा आएर पनि त्यस्तै गरिरहेको बताइन् । राष्ट्रप्रमुखदेखि न्यायपालिकासम्म महिला प्रमुख भइसकेको तर अन्य क्षेत्रमा त्यो अनुसार महिलाहरूको सशक्तीकरणा नभइरहेको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !