१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि मन्त्रालयले उपकुलपति पदका आवेदन खुल्ला गरेको हो । पाटन, पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति सिफारिस समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै इच्छुक उमेदवारहरूलाई आवेदन दिन आग्रह गरेको छ । सूचना अनुसार उपकुलतिका लागि आवदेन दिन चाहनेले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !