११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कक्षा ८ मा अध्ययन गर्ने १५२० जना छात्रालाई साइकल वितरण



जनकपुरधाम । प्रदेश २ सरकारले एकै दिन १५ सय बढी छात्रालाई एकै दिन साइकल वितरण गरेको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजना गरिएको कार्यक्रममा धनुषा जिल्लाका विभिन्न २७ विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने १ हजार ५२० जना छात्रालाई साइकल वितरण गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने सबै छात्राहरुलाई साइकल वितरण गर्ने तयारी भइरहेको बताए । यस वर्ष कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य राखेको उनले बताए ।

महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको दोहोर्‍याउँदै मुख्यमन्त्री राउतले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए । यसअघि २०७५र०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !