१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दोलखामा बोलेरोले किचेर एक जनाको मृत्यु



चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका ६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका ६ को नाम्दु पैयूँखोलामा बा १४ च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको बिग्रिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरो गुडेर बद्री थामीलाई किचेको हो । थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।

 


प्रतिक्रिया दिनुहोस !