१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको हो । पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्नेबारे छलफल गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।


प्रतिक्रिया दिनुहोस !