८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

एघार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



सप्तरी : सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ । धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !