१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एसईईको परिक्षा जेठ १३ र कक्षा १२ को २६ गतेदेखि



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा आउँदो जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले कक्षा १२ को परिक्षा भने जेठ २६ देखि सुरु गर्ने भएको छ । कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ । अघिल्लो वर्ष कोरोना महामारीले गर्दा शैक्षिक तालिकामा फरक परेको कारण परीक्षाको समय पछि धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यो वर्षको एसईई र कक्षा १२ को परीक्षा निर्धारित मितिमा व्यवस्थित ढंगले हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !