१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई बैंकिङ कसूरमा पक्राउ गरेर विशेष अदालतमा पेश गरेको आयोगले जनाएको छ । प्रभु बैंक, एनआईसी एसिया बैंक र एपेक्स बैंकले कालोसूचीमा राखेको भेटवालले गतवर्ष खुल्लामञ्च समेत कब्जा गरेका थिए । आयोगले ठेकेदार भेटवाल सहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । बैंकिङ कसुरमा आज मुद्दा दायर भएको विशेष अदालतका जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !