७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भक्तपुरमा झुण्डीएको अवस्थामा एक युवकको शव फेला



काठमाडौं : भक्तपुर नगरपालिका वडा २ वर्खेपाटी स्थित पाटीभित्र एक जनाको शव झुण्डीएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान सो पाटीभित्र एक जना व्यक्ति गम्छाको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक गहुँ गोरो बर्ण, पातलो शरिर, बाँया हातको चोर औलाको फेदमा अल्फाबेट ट्याटु खोपेको, फ्रेन्च कट दाह्री भएको, क्षत्री बाहुन जस्तो देखिने अन्दाजी ३० वर्षको पुरुष रहेको र अहिलेसम्म पहिचान नखुलेको परिसरका सूचना अधिकारी प्रहरी नयाब उपरीक्षक दीपक गिरीले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि भक्तपुर अस्पताल पठाई थप अनुसन्धान भई रहेको सूचना अधिकारी गिरीले जानकारी दिएक छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय