७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमालेका ओली र माधव समूहको बीचमा झडप



विराटनगर । कैलालीमा नेकपा एमालेका दुई समूहबीच झडप भएको छ। प्रदेश पार्टी कार्यालयमा प्रदेश इञ्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि ओली समूह र माधव समूहका कार्यकर्ताबीच झडप भएको हो। नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इञ्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए। यसक्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ताबीच नाराबाजी भएको थियो। विवाद बढ्दै गएपछि कुटाकुटको स्थिति आएको हो।


प्रतिक्रिया दिनुहोस !