१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कर्ण थापाले गुण्डागर्दी शैलीमा पाँचवटा कुर्सी भाँचे : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा कर्ण थापाको नेतृत्वमा केही कार्यकर्ताले आफ्नो नामको बोर्ड तोडफोड गरिएकोप्रति आपत्ति जनाएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष मानेर गुन्डागर्दी शैलीमा कार्यालय तोडफोड गरेको आरोप लगाए । आफूलाई यो प्रदेशको स्वघोषित अध्यक्ष भनेर लेखराज भट्टलाई प्रदेश इन्चार्ज भनेर पाँचवटा कुर्सी भाँचिएको छ । रोक्न खोज्दा हाम्रा केही साथीहरुलाई आक्रमण गरी घाइते बनाइएको छ, रावलले भने । उनीहरुलाई कारबाही नगरिए माथिल्ला तहबाट परिचालित गुन्डा भनेर बुझ्नुपर्ने रावलले बताए । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट रावलको नाम हटाएर बुधबार लेखराज भट्टको नाम राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !