१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आज महाशिवरात्री, भारतबाट पशुपतिनाथ आईपुगे हजारौँ साधुसन्तहरू



काठमाडौं : बिहीबार महाशिवरात्री, भगवान महादेवको पूजा आराधनागर्दै मनाईने गरिन्छ । पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य तयारी भइरहेको छ । पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् । कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस पटक शिवरात्रीमा भीडभाड र तामझाम कम गर्ने कोसिस गरेको छ । तर, झण्डै ९ महिना बन्द भएर गत पुस १ गते देखि खोलिएको पशुपतिनाथको मन्दिरमा दशनार्थीको भीड लाग्ने निश्चित छ ।

महाशिवरात्रीको पूर्वसन्ध्यामै पाशुपत क्षेत्रमा मानिसहरूकोे चलहपहल बढेको छ । महाशिवरात्रीको तयारी गरेको पशुपति क्षेत्र विकास कोषले सुरक्षा सावधानी अपनाएर पूजा आराधना गर्ने व्यवस्था मिलाएको जनाएको छ । बिहिबार बिहान ३ बजे देखि नै मन्दिरका चारै वटा ढोका खुला भईसकेका छन् भने भक्तजनहरूलाई मन्दिरमा प्रवेश गर्न तीन लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक स्थानमा स्यानिटाइजरको व्यवस्था गरिएको र भक्तजनहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने कोषले बाध्यकारी व्यवस्था गरेको छ । यसपटकको परिवेश फरक भएकाले पाशुपत क्षेत्रमा साधुसन्तहरू समेत गत वर्षहरूको तुलनामा कम मात्र आएका अधिकारीको भनाइ छ । महाशिवरात्रीका लागिसुरक्षाकर्मी, स्वयंसेवक र स्काउट गरी ४ हजार जना परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहित ३० वटा संस्थाले स्वास्थ्य शिविर पनि सञ्चालन गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !