७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कर अधिकृत र विचौलिया १ लाख ५० हजार घुससहित पक्राउ



जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !