१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दार्चुलामा एमालेको भर्ती केन्द्र बन्यो फास्ट नेपाल, विज्ञापन बिनै ८० बढी कर्मचारी नियुक्त



काठमाडौं : दार्चुलामा फास्ट नेपाल नामको एनजीओ एमालेको भर्ती केन्द्र बनेको छ । कृषिका विभिन्न कार्यक्रम लिएर हिमाली जिल्ला दार्चुला पुगेको एनजीओ फास्ट नेपालले विज्ञापन नै नखुलाई कर्मचारी भर्ती गरेपछि जिल्लामा व्यापक आलोचना भएको छ । जिल्लाको नौ वटा स्थानीय तहको वडा वडामा कर्मचारी भर्ना गर्दा विज्ञापन नै नखोली एमालेका कार्यकर्ता भर्ती गरेको स्थानीयहरु बताउँछन् । केही समयअघि सीमित वडामा विज्ञापन बिनै कर्मचारी नियुक्ति दिएको फास्ट नेपालले दोस्रो लटमा जिल्लाका सात वटा गाउँपालिकाका वडाका ४९ वडाबाट ५६ जना र नगरपालिकाका सबै वडामा करिब २८ जनालाई गोप्य रुपमा  कर्मचारी नियुक्ति गरेको भन्दै जिल्लामा व्यापक आलोचना भएको छ ।

भर्ती गरेका कर्मचारीहरुलाई १८ हजार तलब तोकिएको बताईएको छ । आईएनजीओ जस्तो सामाजिक काम गर्ने सस्थाले कुनै राजनीतिक दल बिशेषको भर्ती केन्द्र बनाउनु गलत भएको एमालेका एक जिल्ला नेताले बताए । उसै त एमालेलाई आईएनजीओको पार्टी भन्ने आरोप लाग्ने गरेको छ तर फास्ट नेपालले जिल्लामा पार्टीलाई नै बदनाम गराउने उदेश्यले अहिलेको कर्मचारी नियुक्ति गरेको ती नेताले बताए । कर्मचारी नै नियुक्ति गर्ने हो भने प्रक्रिया पुर्याएर गर्नु पथ्र्यो त्यसो गरिएन ती नेताले भने ।


प्रतिक्रिया दिनुहोस !