१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आईन् अभिनेत्री निरुता सिंह



काठमाडौं : नेफ्टा फिल्म अवार्डमा सहभागी हुन अभिनेत्री निरुता सिंह नेपाल आएकी छन् । नेफ्टा अवार्ड चलचित्रमा सहभागी हुन उनी नेपाल आएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । तर, प्राविधिकहरुले गर्न लागेको अवार्डका लागि भने उनले समय छुट्याएकी हुन् । ‘दशौं नेफ्टा फिल्म अवार्ड’को शनिबार आयोजना हुँदैछ । यो चलचित्र क्षेत्रकै प्रतिक्षित अवार्ड हो ।

अवार्ड कार्यक्रममा नायक राजेश हमाल, नायिका विपना थापा लगायत चलचित्र क्षेत्रका नयाँ तथा पुराना कलाकारहरु सहभागी हुने अध्यक्ष लामाले बताए । ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्डमा वि।सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । चलचित्र प्राविधिक संघले यस अगाडिका चार वटा अवार्ड श्रृङख्ला विदेशमा गरेको थियो । यसपटक भने, कोभिडका कारण विदेशमा अवार्ड आयोजना गर्ने वातावरण नबनेकाले नेपालमै गर्न लागिएको हो ।


प्रतिक्रिया दिनुहोस !