११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

संगठन भित्रै यौनकाण्डमा मुछिएपछि सेनाका सहायक रथी कार्की बर्खास्त



काठमाडौं : महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गर्ने नेपाली सेनाका २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति तथा सहायक रथी पंकज कार्कीलाई बर्खास्त गरिएको छ । सङ्गठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि बाहिनीपति कार्कीलाई नेपाली सेनाले बर्खास्त गरेको हो । कार्कीले महिला अधिकृतमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले गठन गरेको कोर्ट अफ इन्क्वायरीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले कार्कीलाई सेवाबाट बर्खास्त गरेको हो ।

कार्कीसँगै उक्त घटनामा मुछिएका दुई महिला सैनिकलाइै बर्खास्त गरिएको छ । नेपाली सेनामा महिलाको सहभागिता बढेसँगै संगठन भित्र यौन काण्डहरु बढ्न थालेका छन् । संगठनमा माथिल्लो दर्जाका अधिकृतहरुले तल्लो दर्जाका महिलाहरुमाथि यौन दुब्र्यहार गरेको घटना बाहिरिन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !