८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बीस बर्षदेखि नक्कली मोविल बनाउँदै आएका शंकरलाल खेम्का पक्राउ



विराटनगर : नेपाल प्रहरीले विराटनगर–११ जनपथ टोलमा नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएका ७८ वर्षीय शंकरलाल खेम्कालाई पक्राउ गरेको छ । नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । खेम्काले विगत २० वर्षदेखि गोदाम भाडामा लिएर नक्कली मोविलमा सर्वो कम्पनीको स्टिकरण टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएपछि प्रहरीले छापा मारेको हो ।

नयाँ मोविल हालेपनि सवारीमा समस्या आएको सेवाग्राहीको गुनासोपछि प्रहरीले ग्यारेज हुँदै कारखानासम्म पुगेर छापा हानेको हो । नक्कली मोविल बनाएर प्याक गरिएको बट्टामा सर्वो कम्पनीको स्टिकर टाँस गर्ने गरेको पाइएको छ । प्रहरीले गोदाममा राखिएको नक्कली मोविल, इलामेलसहित बनाउने, प्याकेजिङ गर्ने र स्टिकरण बनाउने सामग्री समेत बरामद गरेको छ ।

प्रहरीले २०० लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको ३ ड्रम, १० लिटरको २ वटा बाल्टी, एक लिटरको १४ बट्टा, २०० लिटर अट्ने क्षमताको २४ वटा खाली ड्रम, सर्वो कम्पनीको स्टिकर टाँस गरिएको खाली बट्टा एकसय थान, सर्वोको स्टिकर एकसय थान, स्टिकर छाप्ने फर्मा २१ थान, लिटर मापन गर्ने औजारहरु समेत बरामद गरेको छ । यसैगरी एशियन पेन्ट लेखिएको इनामेलका आधा लिटरको ७ बट्टा, सिल्भरको बाल्टिन २ र प्लाष्टिकको बाल्टिन ३३ थान बरामद गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !