१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कैदीबन्दीहरुको रिहाइलगायतका राजपाका तीन बुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । जसपाले कैदीबन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन आफ्नो बटमलाइन बनाएको ५ । प्रधानमन्त्री ओलीले जसपाको तीन बुँदे माग प्रति आफु साकारात्मक रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय