४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ



काठमाडौ : भक्तपुर महानगरीय प्रहरी वृत्त थिमिको टोलीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट उक्त रकम बरामद गरेको हो । जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो । प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय