१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पेट्रोलसँग गोरु बेचेको साईनो नभएको खाने तेलको मूल्यवृद्धि, मारमा उपभोक्ता



काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक रुपमा मुल्य बृद्धि गरेका छन् । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाले पनि खाने तेलको मुल्य घटाईएको छैन । खाने तेलको र कच्चा तेलको मुल्यमा कुनै साईनो पनि छैन तर बदमास उद्योगीहरुले कच्चा तेलको मुल्य बढेसँगै उपभोक्ताको ढाड सेक्ने गरी मुल्य बृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् ।

लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई जरिवाना गरे पनि अन्यलाई कारबाही गर्न सकेन । कारबाहीमा परेका यी दुईबाहेक अन्यलाई मूल्य घटाउन मात्रै निर्देशन दिइयो । खाने तेलको मूल्य केही समय घटाएजस्तो गरेका उद्योगीहरूले पछिल्लो समय फेरि बढाएका छन् । मिल उद्योग र आयातकर्ताको मिलेमतोमा पुनः मूल्य बढाइएको खुद्रा व्यापार संघले जनाएको छ । खाने तेलको मुल्य बृद्धिमा वाणिज्य विभागको पनि मिलोमतो रहेको सरोकारवालाहरु बताउँछन् ।

विभागले उद्योगीसँग कागजात मागेपछि घटाएजस्तो मात्रै गरेको गुनासो छ । संघका अनुसार उद्योगीहरूले ब्रान्डअनुसार प्रतिलिटर एमआरपी मूल्य २ सय २५ रुपैयाँ राखेका हुन्छन् । तर खुद्रा व्यापारीले प्रतिलिटर २ सय १० रुपैयाँमा किन्छन् । त्यसमा ५ १० रुपैयाँ राखेर बिक्री गर्ने गरिएको खुद्रा व्यापारीहरु बताउँछन् । उद्योगीहरुले तेलको मुल्य मनोमानी ढंगले बढाउँदा उपभोक्ता मारमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !