१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चैत्र १ गते एमालेको केन्द्रीय कमिटी बैठक



काठमाडौं । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी ब्यूताएपछि नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने भएको छ । केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने एमालेले तयारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ ।

खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ । केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् ।


प्रतिक्रिया दिनुहोस !