८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपाल समूहका सबै पदाधिकारीहरुलाई कारबाही, बादललाई बागमतीको जिम्मेवारी



काठमाडौं : नेकपा एमालेले पार्टीका माधब नेपाल समूहका पदाधिकारीहरुलाई कारबाही गरेर जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु् पक्षीय नेताहरुको बैठक बोलाएर महासचिव र प्रवक्ता बाहेक सबै पदाधिकारीहरुलाई जिम्मेवारीबाट हटाएका हुन् । एमाले महासचिव इश्वर पोखरेल र पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवाली यथावत रहेका छन् । शुक्रबार अध्यक्ष ओलीले बालुवाटारमा आफु निकटका केन्द्रीय सदस्यहलाई बालुवाटारमा बोलाएर बैठक राखेका थिए । त्यसतै बैठकमा प्रधानमन्त्री ओलीले (नेकपा) ओवादी केन्द्रबाट एमालेमा गएका रामबहाददुर थापा ‘बादल’लाई बाग्मती प्रदेश इन्चार्जका साथै अन्य २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

त्यस्तैगरी बरिष्ठ नेता माधव कुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्त गरेका छन् । त्यस्तैगरी सुदुपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आउनुभएका लेखराज भट्टलाई नियुक्त गरेका छन् । प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई नियुक्त गरिएको छ । कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई नियुक्त गरिएको छ । यस्तै, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी इन्चार्जमा भने शंकर पोखरेल भने यथावत नै रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !