८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओलीले कारबाही गरेपछि नेपाल/खनाल समूहले बोलायो स्थायी समितिको आकस्मिक बैठक



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी रुपमा केन्द्रीय पदाधिकारीहरुलाई कारबाही गर्नुका साथैँ नयाँ केन्द्रीय सदस्य मनोनित गरेपछि खनाल–नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको हो । ओलीले शुक्रबार बालुवाटारमा भएको आफूपक्षीय केन्द्रीय कमिटीको बैठकबाट महासचिवबाहेकका पदाधिकारीहरू हटाउने निर्णय गरेको थियो । यस्तै बैठकले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्ने र एकतर्फी रूपमा गरेको महाधिवेशनको मिति घोषणा र केन्द्रीय कमिटी सदस्यहरू मनोनित गरेको थियो । ओलीको कदमपछि आफ्नो आगामी रणनीति तय गर्न नेपाल पक्षले स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो ।


प्रतिक्रिया दिनुहोस !