८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने महिला पक्राउ



काठमाडौं । नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने कोठी सञ्चालक एक नेपाली महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गर्ने उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको प्रहरीको दाबी छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्रेको हो । ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !