१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कर्णालीको अवस्थालाई चित्रित गरेको गीत रेलको बाटो सार्वजनिक



काठमाडौं । कर्णालीका विकट जिल्लाहरुको अवस्थालाई चित्रित गरेको ‘रेलको बाटो’ गीत सार्वजनिक भएको छ । सुरज पण्डितको स्वरमा रहेको गीतको भिडियोमा हुम्लामा मोटर नपुगेको कथा देखाइएको छ । भिडियोले कर्णाली प्रदेशको डोल्पा जिल्लाको विकटताको चित्र बोलेको छ । लक्ष्मण सुनारले निर्देशन गरेको म्युजिक भिडियोमा जिबी चिरन, सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ । भिमसेन कायल ठकुरीले खिचेको भिडियोलाई पदम सुवेदीले सम्पान गरेका हुन् । सुरज पण्डितकै संगीत रहेको गीतमा लेखराज गिरीको शब्द छ । कमल सौरागको एरेन्ज रहेको गीतको मिक्सिङ कुमार रानाले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !