६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

काठमाडौंमा ६ अर्बको युरेनियमसहित ४ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट बरामद गरेको ६ अर्ब बराबरको युरेनियम २० वर्षअघि नै काठमाडौं ल्याएको पाइएको छ । प्रहरी अनुसन्धानका क्रममा संसारकै बहुमुल्य पदार्थ मानिएको युरेनियम नेपाल ल्याएको खुलेको हो । प्रहरीले सो युरेनियमसहित रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरेको छ । सो युरेनियम जानुकाको घरबाट बरामद गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले भारतमा काम गर्न गएका जानुकाका ससुराले खानीबाट चोरेर सो युरेनियम ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी हाल नेपालबाहिर रहेको र उनी बोल्न सक्ने अवस्थामा पनि नरहेको बताइएको छ ।

एआईजी पालले अनुसन्धान जारी रहेको भन्दै सबै कुरा अहिले नै भन्न नमिल्ने बताए । नेपालमा पहिलोपटक युरोनियम बरामद भएको हो । एआईजी पालका अनुसार बरामद भएको युरेनियम प्राकृतिक युरोनियम हो । जसको मात्रा २३८ छ । राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबको परीक्षणबाट युरेनियम सक्कली भएको प्रमाणित भएको हो । प्रहरीका अनुसार युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ तयार गरिन्छ । युरेनियम २३५ को अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो १८ अर्ब रुपैयाँ पर्न जान्छ । एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन बढी कोइलाबाट निस्कने तातो ऊर्जाबराबर हुने बताइन्छ । युरेनियम पारमाणविक भार भएको रेडियोधर्मी धातु हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय