१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बैतडीमा २२ करोडका खानेपानी योजना निर्माण सुरु



काठमाडौं । स्थानीयलाई स्वच्छ सफा पानी उपलब्ध गराउन बैतडीका १० स्थानीय तहमा चालू आर्थिक वर्ष २०७७र०७८ मा २२ करोड रुपैयाँ भन्दा बढीको लागतमा १ सय ४१ वटा खानेपानी योजना निर्माण सुरु भएका छन् । संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि बजेट बिनियोजित गरेपछि जिल्लामा एउटै आर्थिक वर्षमा यि खानेपानी आयोजना सुरु गरिएको हो ।

दशरथचन्द नगरपालिकामा संघीय सरकारका चार वटा योजना र सुदूरपश्चिम प्रदेश सरकारका २१ योजना गरि २५ वटा खानेपानीका योजना निर्माणको चरणमा रहेका छन् । मेलौली नगरपालिकामा संघीय सरकारका तीन योजना र प्रदेश सरकारका सात वटा योजना निर्माणका क्रममा छन् । पाटन नगरपालिकामा संघका १० योजना र प्रदेशका ९ योजना छन् । यस्तै पुर्चौडी नगरपालिकामा संघको एक र प्रदेश सरकारका ६ वटा योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

सुर्नया गाउँपालिकामा संघका पाँच वटा योजना र प्रदेशका आठ वटा योजना योजना निर्माण भइरहेका छन् । सिगास गाउँपालिकामा संघका सात प्रदेशका १४ योजना गरि २१ वटा खानेपानीका योजना निर्माण भइरहेका छन् । यसै गरी शिवनाथ गाउँपालिकामा संघका एक र प्रदेश सरकारका तीन वटा योजना निर्माणको क्रममा छन् । पञ्चेश्वर गाउँपालिकामा संघका एक र प्रदेशका ४ वटा खानेपानीका योजना निर्माण भईरहेको खानेपानी तथा सरसफइ डिभिजन कार्यालय बैतडीका प्रमुख बहादुरसिंह बोगटीले जानकारी दिए । दोगडाकेदार गाउँपालिकामा संघीय सरकारका सात वटा योजना र प्रदेशका १४ वटा योजना गरि २१ वटा खानेपानीका योजना निर्माणको भइरहेका छन् । डिलासैनी गाउँपालिकामा संघका आठ योजना र प्रदेशका आठ वटा खानेपानी योजना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !