१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

समानान्तर कमिटी बनाउने नेपाल समूहको घोषणा



काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय लिएको छ । यस्तै संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ । चैत ४ गते राष्ट्रिय भेला बोलाएर पार्टी पुनर्संरचनाको अभियान घोषणा गर्ने नेपाल पक्षको तयारी छ । एमाले उपाध्यक्ष भीम रावलका अनुसार शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ । रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।


प्रतिक्रिया दिनुहोस !