८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतबाट स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र, भारतीय संस्थापनका उच्च तहका केही नेतासँग भेट भएको दाबी



काठमाडौं– १० दिनसम्म भारतको बसाई सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन्। शुक्रबार उनी फर्किएका हुन्। स्थलमार्ग हुँदै भारतको पश्चिम बंगाल राज्यमा पुगेका शाहको भेट भारतीय संस्थापनका उच्च तहका केही नेतासँग  भएको दाबी गरिएको छ।

उनी पश्चिम बंगालको सिलिगुरी हुँदै दार्जिलिङसम्म पुगेका थिए। पश्चिम बंगालमा चुनावी सभाहरू भइरहेको र भारतीय जनता पार्टीका उच्च तहका नेताको चहलपहल रहेका बेला पूर्वराजाको भारत बसाई अर्थपूर्ण रुपमा हेरिएको थियो। सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग हेर्नेे नेता कैलाश विजयवर्गीय पश्चिम बंगालको सिलिगुरीमा रहेकाले पूर्वराजा ज्ञानेन्द्रको भेट भएको दाबी गरिएको छ। तर, निर्मलनिवास स्रोतले भने यसको पुष्टि गरेको छैन।

यद्यपि पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका राज्य भ्रमणका क्रममा उच्च तहका अधिकारीसँग यसअघि भेट गर्दै आएका थिए। अघिल्ला केही बर्षअघि उत्तर प्रदेश पुग्दा त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग उनको भेट भएको थियो।

आदित्यनाथले मुख्यमन्त्री कार्यालय र निवासमा नै उनलाई स्वागत गरी सम्मान समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !