spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

बादलसहितका २३ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन, नदिए कारबाही गरिने

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : पार्टी छाडेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित एमालेमा गएका २३ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले निर्देशन दिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडा बसेको बैठकले पार्टी छाडेर गएका २३ नेताले २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन र ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यसैगरी बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ। सर्वोच्च अदालतले माओवादी र एमाले पूर्ववत रुपमै रहेको फैसला गरेपछि माओवादी केन्द्रका नेताहरु पार्टी छाडेर ओली समूहमा गएर जिम्मेवारी बहन गरिसकेका छन् । र, यस्तो अवस्थामा के गर्ने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार स्थायी समितिको बैठक बोलाउनुभएको हो ।

सर्वोच्चको फैसलापछि माओवादी केन्द्रका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत २३ नेताहरु ओली समूहको एमालेमा छन् । आजको बैठकले पार्टी छाडेर हिँड्ने उनीहरुमाथि कि घर फर्कन कि पार्टी विधानअनुसार कारबाही अगाडि बढाइने जनाइएको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: